News Portal

  • ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

    २७० पटक

    पाँचथर । मङ्गलबार राति भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पाँचथर फालेलुङ-५, प्राङबुङका १८ वर्षिय रोशन थाम्सुहाङ रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई फिदिमस्थित जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    कुम्मायक-२, माङजाबुङस्थित सुब्बाटोलबाट सल्लाको काठ लिई चौथी बजारतर्फ जाने क्रममा अनियन्त्रित भई लु १ त ६२४ नं.को ट्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए ।

    प्रतिकृया दिनुहोस्