News Portal

ट्रकबाट खस्दा एक जनाकोे मृत्यु

२८५ पटक

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको आइचर ट्रकबाट खस्दा एकको ज्यान गएको छ ।

मङ्गबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा बा ४ ख ७०१८ नं.को आइचर ट्रक दुर्घटना हुँदा इन्द्रावती-४ का ६४ वर्षिय शुरबहादुर तामाङको ज्यान गएको हो ।

आइचरको पछाडि बसेर जन्तीबाट घर फर्कने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्