
काठमाडौं । जापानमा कारको ठक्करबाट २ शिक्षकसहित १५ जना बालबालिका घाइते भएका छन्
२ देखि ३ वर्ष उमेर समूहका प्रिस्कूलमा पढ्ने कलिला बालबालिकालाई पश्चिम जापानको शिगा प्रफेक्चरमा रहेको ओत्सु शहरमा कारले ठक्कर दिएको हो ।
घाइते हुनेमा १३ बालबालिका र उनीहरूका २ शिक्षक रहेका छन् । घाइते बालबालिकामध्ये ४ जना अचेत रहेको बताइएको छ ।
विद्यालय जान हिँडेका बालबालिकालाई बाटो काट्न सडकमा ट्राफिक लाइटको संकेत परिवर्तन हुने समय पर्खिरहेका बेला कारले किचेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले २ सवारी चालक महिलालाई गिरफ्तार गरेको छ ।