
काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै मुम्बई ईन्डियन्स ‘इन्डियन प्रिमियर लिग’ (आईपीएल) टी-ट्वेन्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको पहिलो क्वालिफायर खेलमा मुम्बईले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १३२ रनको लक्ष्य मुम्बईले खेलमा ९ बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा गरेको छ ।
मुम्बईको जितमा सूर्यकुमार यादवको अविजित ७१ रन महत्वपूर्ण रहेको थियो । चेन्नइका लागि इमरान ताहिरले सर्वाधिक २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३१ रन बनायो ।
चेन्नईका अम्बाती रायडु ४२ रन तथा कप्तान महेन्द्रसिंह धोनी ३७ रनमा अविजित रहे । २ खेलाडीले पाँचौं विकेटका लागि अविजित ६६ रनको साझेदारी गरेका थिए ।
जितँगै मुम्बई इन्डियन्स आईपीएल क्रिकेटको फाईनलमा पुग्दा चेन्नईले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको छ । चेन्नईले आज हुने दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीचको खेलको बिजेतासँग खेल्ने छ ।