आज :

इरानलाई चेतावनीसहित अमेरिकाको युद्धपोत

काठमाडौं । अमेरिकाले इरानलाई ‘स्पष्ट र सिधा सन्देश’ दिनका लागि मध्यपुर्वमा युद्धपोतसहितको लडाकु पानी जहाज तैनाथ गरेको छ ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भावी दिनमा हुनसक्ने समस्या र तनाव वृद्धिका केही संकेत र चेतावनीपछि युद्धपोत तैनाथ गरिएको बताएको छ ।

बोल्टनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमणको प्रतिकार गर्ने चेतावनी दिएको छ । इरानमा रहेका अमेरिकी सुरक्षाकर्मीमाथि हमलाको आशंकाका कारण अमेरिकाले यो कदम चालेको हुनसक्ने बताइएको छ ।

अमेरिकी सुरक्षा सल्लाहका बोल्टनले भने अमेरिकाले युएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक गुरुप त्यसको सहयोगी युद्ध समुहलाई युएस सेन्ट्रल कमाण्ड क्षेत्रमा इरानलाई आफु आफ्नो समर्थक राष्ट्रहरूमाथिको कुनै पनि आक्रमणको अवस्थामा दरिलो प्रतिक्रमण गरिने स्पष्ट र सोझो सन्देश दिन परिचालन गरिएको बताए ।

उनले अमेरिकाले इरानसँग युद्ध नचाहेको तर कुनै पनि आक्रमण भए त्यसको तयारीका लागि युद्धपोत परिचालन गरिएको स्पष्ट पारेको छ । पछिल्लो समयमा अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त बन्दै गएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal