
पोखरा । अल्ट्रालाइट अवतरण गर्ने क्रममा दुर्घटना भएको छ ।
हेलिएअर कम्पनीको अल्ट्रालाइट चालक फ्रान्सका ४५ वर्षिय एरिक र गैंडाकोट नगरपालिकाका नवलपरासीका यात्रु ३५ वर्षिय अनिश भट्टचन सवार थिए ।
दुर्घटनाबाट ठूलो क्षति भने नभएको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए । उनले भने,‘यात्रुको हातमा सामान्य चोट लागेको छ । चालकलाई केही पनि भएको छैन,’ ‘तत्काल उद्दार भएकाले मानवीय क्षति हुन पाएन ।’
अल्ट्रालाइटका दुई वटै पंखामा खराबी भएका कारण दुर्घटना भएको हुन सक्ने बताइएको छ । ‘अल्ट्रालाइटको २ वटा पंखामा खराबी भएको आशंका गरिएको छ । दुर्घटनाको कारण यो पनि हुन सक्छ,’ प्रहरीको भनाई छ ।
यसअघि पोखरा विमानस्थलबाट ३ ठूला अल्ट्रालाइट भएका थिए । उक्त दुर्घटनाबाट ३ विदेशी र २ नेपालीको ज्यान गइसकेको छ । ती सबै दुर्घटना एभिया क्लबले उडाउँदै आएको अल्ट्रालाइट हो ।