काठमाडौं । काठमाडौं महानगरपालिका-२ लाजिम्पाटबाट बाघको छालासहित २ जना पक्राउ परेको छन् ।
बाघको छाला १ थानसहित सोमबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दार्चुला दुहु गाउँपालिका-१ घर भएका २९ वर्षिय नरेशबहादुर बम र सोही ठाउँ घर भएका २८ वर्षिय गोबिन्दसिहं महरा रहेका छन् ।
प्रहरी बृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।