
काठमाडौं । फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासंघ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं ‘साइबर क्राइम’अन्तर्गत पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यलय मेलम्चीले राष्ट्र र सरकार प्रमुखका तस्वीर दुरुपयोग गरी आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजानिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
अभियुक्त चौलागाईंलाई मंगलबारै महानगरीय अपराध माहाशाखामा बुझाइने बताइएको छ ।