काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा सरकारद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्दावली भुलचुकले होइन, सुविचारले राखिएको बताएका छन्।
उनले भने, ‘ भुलचुकले होइन । जानीबुझी राखिएको र आवश्यक शब्दावली नै हो, मेरो सरकार ।’ सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत २० गते सङ्घीय संसद्मा प्रस्तुत गरेकी नीति तथा कार्यक्रममा पटक पटक ‘मेरो सरकार’ भन्ने शब्दावलीको प्रयोग गरेपछि चौतर्फी आलोचना भएको थियो ।
उक्त आलोचनको खण्डन गर्दै प्रधानमन्त्रीले ओलीले अन्तर्राष्ट्रिय चलनलाई प्रयोग गरिएकोे बताए । अहिले प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन् ।