आज :

सावित्राको सानदार प्रदर्शन

काठमाडौं । नेपाली फुटबलकी सदस्य सावित्रा भण्डारीले इन्डियन वुमन्स लिगमा सानदार सुरुआत गरेको छ ।

सावित्रा एक्लैको ४ गोलप्रेरित सेथुले लिगको पहिलो खेलमा सोमबार मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६-४ ले हराउँदै सानदार सुरुआत गरेको हो ।

उनले एक एसिस्ट पनि गर्दा सेथुले फराकिलो जितसँगै तेस्रो संस्करणको लिगको दाबेदारीसमेत प्रस्तुत गरेको छ । सोही क्लबबाट नेपालकै अर्की स्टार खेलाडी अनिता बस्नेतले पनि खेलेकी छिन् ।

यस पटक उपाधि जित्ने लक्ष्य राखेको सेथुले भारतीय राष्ट्रिय टोलीका ६ र नेपालका २ खेलाडीलाई अनुबन्धन गरेको थियो । सोही योजना अनुरूप सेथुले आइतबारदेखि सुरु भएको लिगमा राम्रो नतिजा पनि निकालेको छ ।

सावित्राले २९ सेकेन्डमा नै गोल गर्दै सेथुलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि सावित्राले १६ औं, ३४ औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् । ७५औं मिनेटमा सावित्राकै पासमा दाङमेई ग्रेसल गोल गर्दै सेथुलाई ६-ले अगाडि बढाइन् ।

त्यसअघि २२ औं मिनेटमा सेथुको डिफेन्समा तालमेल नमिल्दा मणिपुरले आत्मघाती गोल उपहार पाएको थियो । ४१ औं मिनेटमा मणिपुरकी कप्तान बाला देवीले गोल गर्दै अग्रता घटाइन् ।

दोस्रो हाफको ६५ औं मिनेटमा मणिपुरका लागि आशारानी देवीले गोल गर्दै खेल ४-३ को स्थितिमा ल्याइन् । मणिपुरले खेलको इन्जुरी समयमा चौथो गोल गर्दै आफ्नो टोलीको हार ६-४ ले छोट्याइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal