News Portal

आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

२४२ पटक

काठमाडौं । आज सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सम्बोधन करिब एक घण्टाको हुने संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि दोस्रो पटक नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।

यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आर्थिक वर्ष २०७६-७७ को बजेट तयार गर्नेछ ।

प्रतिकृया दिनुहोस्