आज :

राहत लिएर आउने बाटो देखेर आउँदैनन्, अहिलेसम्म त्रिपाल मात्र

काठमाडौं । ४ दिनदेखि बारा-हावाहुरीका कारण अवरुद्ध बाराको बलिरामपुरदेखि छोटकिफुलबरियासम्म जोड्न सडक अझै सुचारु भएको छैन ।

सम्बन्धित निकायले चासो नदिएका कारण उक्त सडक ४ दिनसम्ममा पनि सञ्चालनमा आउन सकेको छैन ।

सडकमा सिसौका रूख, बाँसहरु ढलेका छन् । सडकमा ढलेका रूखहरु पन्छाउन नसक्दा सडक सञ्चालनमा आउन नकसकेको हो ।

सडक सञ्चालनमा आउन नसक्दा कलैया-१३ बलिरामपुरका हुरीपीडितले राहत पाउन सकेको छैनन् । ‘राहत ल्याउन आउने पनि बाटो देखेर आउँदैनन्’, स्थानीय रामचन्द्र साहले भने, ‘हामीले त्रिपालबाहेक केही पनि पाएका छैनौं ।’ उक्त सडकका विषयमा स्थानीय तह भने बेखबर छ ।

कैलया उपमहानगरपालिकाका प्रमुख राजेश यादवले आफूले भर्खरै मात्र जानकारी पाएको बताए । ‘मैले भर्खर मात्रै जानकारी पाएको छु अब काम अगाडि बढ्छ’, उनले भने, ‘दुई घण्टामा बाटो खुल्छ ।’ बलिरामपुरमा हुरीले १० घर परिवारलाई विस्थापित बनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal