आज :

राजनारायण पाठकलाई घुस खुवाउने न्यौपानेलाई ८ वर्ष कैद सजायको माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाउने नेपाली कांग्रेसका नेता लम्बोदर न्यौपानेलाई ८ वर्ष कैद सजाय माग गरिएको छ ।

आयोगले मंगलबार विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्दै ८ वर्ष कैद सजाए र जरिवाना माग गरेको छ । उनले घुस दिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय र जरिवाना माग गरेर मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

भक्तपुर चाँगुनारायणको नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसमेत रहेका न्यौपानेले दिएको ७८ लाख घुस पाठकले बुुुझेकोे पुुुष्टि भएको आयाोगले जनाएको छ ।

न्यौपाने र पाठकबीच १ करोड ६५ लाखमा मुद्दा मिलाउने सहमति भए पनि ७८ लाख मात्रै लेनदेन भएको देखिएको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal