
काठमाडौं । माध्यमिक शिक्षा परिक्षा (एसईई) को परीक्षा अगावै प्रश्नपत्र बाहिर्याउने अभियुक्तहरुलाई प्रहरीले आज (बिहीबार) सार्वजनिक गर्दैछ ।
परीक्षा अगावै विज्ञान र सामाजिक विषयको प्रश्न पत्र सार्वजनिक गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले घटनाको छानविन गरिरहेको थियो ।
सिआइबीका प्रमुख डिआइजी निरजबहादुर शाही र प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज दिउँसो अढाई बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रश्नपत्र आउट गर्ने अभियुक्तहरुलाई सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।