आज :

श्रीले सेवा दिन नसकेपछि राजविराज विमानस्थल प्रभावित

काठमाडौं । २३ वर्षपछि सञ्चालनमा आएको राजविराज विमानस्थलको सेवा पुन : प्रभावित भएको छ ।

१० असारदेखि सेवा दिँदै आएको श्री एयरलायन्सले प्राविधिक कारण देखाउँदै सेवा रोकेको राजविराज नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

साताको तिन दिन काठमाडौं-राजविराज र राजविराज-काठमाडौं उडान गर्दै आएको विमान कम्पनीले जानकारी नै नदिई सोमबारदेखि सेवा बन्द गरेको कार्यालय प्रमुख भीमदत्त पन्तले बताए ।

सोमबार उडानको तालिका रहे पनि विमान नआएपछि सोधखोज गर्दा मात्रै सेवा रोकिएको जानकारी पाएको उनले बताए । ‘निर्धारित समय बितिसक्दा पनि विमानको अत्तोपत्तो भएन,’ उनले भने, ‘यात्रुहरू छटपटाउन थालेपछि सोधखोज गर्दा प्राविधिक कारणले विमान नआउने जानकारी पाइयो ।’

विमान कम्पनीले इन्जिन मर्मत गर्नुपर्ने भने पनि कहिलेदेखि सेवा सुचारु गर्ने भन्ने विषय अनिश्चित नै रहेको कार्यालय प्रमुख पन्तको भनाई छ । कच्ची धावनमार्गका कारण २०५२ वैशाखयता विमानस्थल सञ्चालनमा थिएन ।

स्तरोन्नतिपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पहलमा १० असारदेखि सञ्चालनमा आएको थियो । प्राविधिक कारण भनिए पनि विमानस्थलमा देखिएको जोखिमका कारण सेवा रोकिएको अनुमान गरिएको छ ।

विमानस्थलको पूर्वतर्फ रहेका अग्ला-अग्ला इँटाभट्टाका कारण विमानको उडान र अवतरण जोखिमपूर्ण बनेको छ । राजविराज नागरिक उड्डयन कार्यालयका प्रमुख भीमदत्त पन्तले पनि इँटाभट्टाको चिम्नीका कारण विमान उडान र अवतरणमा जोखिम रहेको स्वीकार गरे ।

उनले भने,‘७ सय मिटर दूरीमा रहेका हिमाल, किसान, माँ दुर्गा र माँ काली इँटाभट्टाको चिम्नी ९० फिटसम्म अग्ला रहेकाले उडान र अवतरणमा प्रत्यक्ष प्रभाव पर्दै आएको छ,’ यस विषयमा सरोकारवाला सबै निकायलाई अवगत गराए पनि समाधान खोजिएको छैन ।’ विमान सेवा अवरुद्ध भएपछि स्थानीयवासी निराश छन् ।

वर्षौंको प्रयासपछि सुरु भएको सेवा अचानक बन्द भएपछि विराटनगर र जनकपुर धाउनुपर्ने नियति दोहोरिएको उनीहरूको गुनासो छ ।

सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले विमान सेवा पुन : सञ्चालन गर्न प्रयास गरिने बताए । ‘सेवा रोकिएको जानकारीपछि हामीले श्री एयरलाइन्सको व्यवस्थापन पक्षसँग कुरा गरेका र्छौ । १० दिनभित्र सेवा सुचारु गर्ने कुरा भएको छ,’ उनले भने ।

श्रीले सेवा दिन नसके नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरी अन्य विमान चलाउने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal