आज :

कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला हुँदै

काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला काठमाडौंमा हुँदैछ ।

स्वत : प्रतिनिधि र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय सच्याउन दवाब दिने उद्देश्यले भेला हुने भएको हो ।

गत फागुन १२ गते केन्द्रीय समितिले स्वत : प्रतिनिधि चयन हुने व्यवस्थासहितको विधान पारित गरेको थियो ।

महासमिति बैठकमा भएको सहमति विपरित केन्द्रीय कार्यसमितिले सो प्रावधानसहितको विधान पारित गरेको भन्दै संस्थापन इतरका जिल्ला सभापतिहरुले बिरोध गर्दै आएका छन् ।

महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठे पनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी निर्णय गरेको थियो ।

भेलामा ५० जना भन्दा बढी जिल्ला सभापति सहभागी हुने दावी असन्तुष्टहरुको छ । उनीहरुले विधान छाप्नु अघि नै आफूहरुको मागसहितको ज्ञापनपत्र नेतृत्वलाई बुझाएर दवाब दिने रणनीति बनाएका छन् ।

साङ्गठनिक गतिविधिका सम्बन्धमा पार्टीले लिनुपर्ने निर्णयबारे पनि छलफल हुने छ । उता स्वत : प्रतिनिधि र आरक्षणको व्यवस्था खारेजबारे यसअघि समान धारणा राख्दै आएपनि केही जिल्लाका सभापतिहरुले भने भेला बोलाएको प्रति संस्थापन निकट जिल्ला सभापतिहरुले असन्तुष्टि जनाएका छन् ।

भोलीसम्म चल्ने भेलामा ५० भन्दा बढी जिल्लाका सभापतिहरु सहभागी हुने छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal