News Portal

  • हावाहुरी आएपछि आगलागी, ३० जनाको मृत्यु

    ३५१ पटक

    काठमाडौं । चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ ।

    चीनको सिचुआन प्रान्तमा भएको आगलागीमा मृत्यु भएका ३० मध्ये २७ जना अग्नी नियन्त्रक भएको बताइएको छ ।

    आगो निभाउन गएका ३ स्थानीय बासिन्दा सम्पर्कमा नआएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

    आइतवार राती अचानक हावाहुरी आएपछि आगलागी भएको थियो । आगलागी भएको ठाउँबाट स्थानीय अधिकारीहरुले ६८९ को उद्धार गरेका छन् ।

    घटना भएको ठाउँ निकै दुर्गम पहाडी क्षेत्र हो । अग्नी नियन्त्रकहरु अझै पनि घटनास्थलमा सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्