
काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग लगनगाँठो कस्ने निश्चित गरेकी छिन् ।
भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार अनुसार उनी लामो समयदेखि रोहनसँग प्रेमसम्बन्धमा रहेकी थिइन् ।
शक्ति कपुरकी छोरी श्रद्धाले विवाहका लागि परिवारकोसमेत अनुमति पाइसकेकी छिन् । उनले चाँडै विवाह गरे उपयुक्त हुने सुझावसमेत परिवारबाट पाएकी छिन् ।
केही समयअघि उनकै आग्रहमा रोहनले फहरान अख्तरसँग काम गर्न अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो ।