आज :

१०३ किलो गाँजासहित बोलेरो नियन्त्रणमा

काठमाडौं । प्रदेश नंं.३ को हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले १३ वटा पोकामा राखिएको १ सय ३ किलो लागुऔषध गाँजासहित बोलेरो नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक पवनकुमार झा नेतृत्वको टोलीले मकवानपुरको राक्सिराङ-५ बिर्खेखोलामा मनहरीतर्फ जाँदै गरेको ग.१ ज. ७२१९ नं.को बोलेरो चेक गर्दा गाडीचालक राक्सिराङ-९ बस्ने वर्ष २४ का पूर्णबहादुर थिङले बोलेरोभित्र लुकाइ राखेकोे अवस्थामा प्लास्टिकका ५ वटा बोरा गाँजा बरामद भएको हो ।

उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद, १५ हजारदेखि १ लाखसम्म जरिवाना र सवारीसाधन जफत हुने प्रहरीले बताएको छ ।

प्रहरीले १ सय ८४ किलो गाँजासहित ५ जनालाई यो भन्दा पहिले पक्रेको थियो । पछिल्लो समय गाँजा नियन्त्रणमा मकवानपुर प्रहरी निकै कठोर देखिएको छ । केही समययता प्रहरीले यसबारे विशेष चासो दिएको छ । प्रहरीले तस्करीमा संलग्न र भरियालाई पक्राउ गर्ने क्रम जारी राखेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal