आज :

प्रतिबन्धको बेवास्ता गर्दै नेकपामा प्रवेशको लर्को, सत्तारुढ पार्टीका १ सय २० नेता-कार्यकर्ता प्रवेश

धनगढी । प्रतिबन्ध लगाएपनि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संगठन सुदृढ तथा विस्तार अभियान जारी राखेको छ । अभियानको क्रममा सरकारले लगाएको प्रतिबन्धको बेवास्ता गर्दै (नेकपा)का नेता–कार्यकर्ताहरु पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरिरहेका छन् ।

कञ्चनपुरमा सत्तारुढ (नेकपा)का १ सय २० नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् । अभियान टोली प्रमुख जीवन नेपालीले सरकारले लगाएको प्रतिबन्धबारे आफ्ना नियमित कार्यक्रममा कुनै असर नपरेको बताए ।

सरकारले युद्ध चाहेपनि आफूहरुले नचाहेको भन्दै नेपालीले आफूहरु जनताकै बीचमा रहेको बताए । उनले आफूहरुले सरकारले लगाएको प्रतिबन्धलाई जनताको बाीचमा लिइरहेको र पार्टीमा प्रवेशको लहर चलेको बताए । “सरकारले नेकपामाथि दमनको नीति अख्तियार गरे पनि हामी जनताको बीचमा आफ्नो अभियान निरन्तर चलाएका छौँ । सरकारले युद्ध चाहे पनि हामी युद्ध चाहँदैनौँ । हामी सरकारका कर्तुत जनताको बीचमा लिइरहेका छौँ । कुनै पनि जनता सरकारसँग सन्तुष्ट छैन । सरकारले काम गर्न नसकेपछि हाम्रो पार्टीमा जनताले उत्साहका साथ प्रवेश गर्ने क्रम बढेको छ” नेपालीले भने ।

जिल्लामा नेकपामाथि स्थानीय प्रशासनले कडा निगरानी गरेको छ । गाउँगाउँमा नेकपाका नेता–कार्यकर्ताहरुले संगठन विस्तार गरिरहेका छन् । सरकारले नेकपालाई सहयोग गर्नेलाई पनि गिरफ्तार गर्न आदेश दिइरहेको बेला गाउँगाउँ भने प्रवेशको लहर चलेको छ ।
मन्त्री बिना मगरको चुनाव क्षेत्रबाट पूर्वमाओवादी केन्द्रका स्थानीय नेता, कार्यकर्तासहित अन्य पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरिरहेका छन् ।

मन्त्री मगरको क्षेत्रबाट नेकपामा प्रवेश गर्नेहरुको सूचीः

कस्तुरा डंगोरा, मोतीलाल ठगुन्ना, थारू लोहोरा, लालकुमारी चौधरी, दीपादेवी चौधरी, आशादेवी चौधरी, सरस्वती चौधरी, रूपादेवी चौधरी, लक्ष्मी डडौरा, राधादेवी चौधरी, बुहिराम थारू, मोतीलाल खुना, आशाराम थारू, लालमन चौधरी, प्रकाश डंगोरा, राधा चौधरी, लक्ष्मी डंगोरा, सीता चौधरी, कुस्मिता चौधरी, धनमती लुहार, पशुपति चौधरी, वद्रीचरण चौधरी, मनीष चौधरी, दिलबहादुर विक, हीरासिंह भण्डारी, रामप्रसाद जोशी, पञ्चा चौधरी, जहरसिंह भट्ट, धीरसिंह राना, चिरविर चुनारा, झमक ओड, गणेश तिरुवा, देवी राना, दीपक सार्की, जगतराम चौधरी, गोपाल तिरुवा, दिनेश चौधरी, शेरबहादुर लावड, महना तिरुवा, जानकी जैसी, कमला विक, मानबहादुर भण्डारी, धनबहादुर विष्ट, इन्द्रदेवी तिरुवा, हजारी तिरुवा, धनबहादुर बिष्ट, टेकबहादुर बिक, कष्ण हमाल ।

त्यसैगरी पुनर्वास नगरपालिका २ बाट दहलमान लोहार, रमेश घिसिङ, गणेश लामा, जनक तामाङ, जनक विक, दीपक एसके, प्रताप दमाई, मोहन सिजापति, चक्रबहादुर विक, कृष्ण नेपाली, रमेश विक, अमर विक, शंकर नेपाली, हरिलाल दमाई, किशन बोहोरा, हरि खड्का, ईश्वर रोकाया, कृष्ण नेपाली, प्रेम विक, लालबहादुर विक, सुरेश आकरी नेकपामा प्रवेश गरेका छन् ।

त्यस्तै बेलौरीबाट खड्क नेपाली, जगदीश नेपाली, दानबहादुर विक, सुनील दमाई, जानकी भट्ट, गणेश जैसी, जीवन बोहोरा, कृष्ण नेपाली, विष्णु जैसी, कलभी राना, हिक्मत कुँवर, गणेश चौधरी नेकपामा प्रवेश गरेका छन् भने बेलौरी १० मा गोविन्द चौधरी, गोविन्द राना, मानमति राना र शङ्कर लुहार प्र्रवेश गरेका छन् ।

अभियानको क्रममा शुक्लाफँटा वडा नं. ४ बाट केशव डडौरा, सुशीला चौधरी, मोतीलाल चौधरी, लक्ष्मीदेवी राना, बहादुर भण्डारी, वीरसिंह खुना, छेदका खुना र सेर्त खुना, लालझाडी ४ मा ओमप्रकाश राना, गणेश राना, भाइजान राना, कल्लु राना, भक्त राना, भीम राना, बिन्दा राना, लालझाडी ५ शान्ति सार्की, दिलबहादुर भाट, गणेश ऐर, जगदीशराम लुहार, खेमराज नेपाली, पुनर्वास नगरपालिका ३ मा गगन विक, देवराज गिरी, प्रज्वल, दीपक तामाङ, सुनिल नोली, दानबहादुर विक, जयराज नेपाली, कृतबहादुर बिष्ट, सागर नेपाली, धना विक, कौशिला विक, सरिता सार्की, हर्क दमाई, जसु नेपाली, कल्पना विक, कल्पना दमाई र पशुपति सिजापतिले सत्तारुढ (नेकपा) परित्या गरेका हुन् ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal