आज :

वोलेरोको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । आज विहान पूर्वी चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरो निपनी चोकमा एक पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका-१० कैलाश टोलका १६ वर्षिय वसन्त थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ना ४ च ५००७ नं.को बोलेरोले रत्ननगर नगरपालिका-१० निपनी चोकमा दिएको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

उनलाई ठक्कर दिने वोलेरो र चालक ईलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ ।

त्यस्ते रत्ननगर नगरपालिकाले अधिकांश वडामा कर संकलन अभियान सुरु गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि ११ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । सो लक्ष्य पूरा गर्नका लागि नगरपालिकाले अधिकांश वडामा कर संकलन अभियान सुरु गरेको हो ।

कर संकलन अभियानअन्तर्गत जनप्रतिनिधिसहितको टोलीले रत्ननगर बजार क्षेत्रमा आइतवारदेखि घरदैलो अभियान सुरु गरेको नगरपालिकाका प्रमुख नारायण वनले बताए ।

लक्ष्यअनुुसार कर संकलन हुन नसके विनियोजित बजेटमा असन्तुल भई विकासमा असर पुग्ने भएकाले कर बुझाउन सम्बन्धीत सबैमा नगरपालिकाका उपप्रमुख विमला दुवाडीले अनुरोध गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal