
काठमाडौं । इन्डोनेसियाको पूर्वी प्रान्त पपुआमा शनिबार साँझबाट सुरु भएको भीषण वर्षाले आएको बाढीले कम्तीमा ७३ जनाको ज्यान गएको छ भने ६० जना हराइरहेका छन् ।
इन्डोनेसियाको राष्ट्रिय विपद् निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोलाई कोट गर्दै रोएटर्सले सेन्तानीमा मात्रै कम्तीमा ५१ जनाको ज्यान गएको जनाएको छ ।
बाढीले प्रान्तीय राजधानी जयपुरामै ७ जनाको ज्यान लिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार, १ सय घरमा क्षति पुगेको छ । लगातारको वर्षाले बाढीको खतरा बढेपछि जोखिमयुक्त स्थानका बासिन्दालाई सरकारले सुरक्षित स्थान रोज्न भनेको छ ।