
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले गरेको अवरोधले संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ ।
गिरिशचन्द्र लालले आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदले बैठकमा उभिएर अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि बैठकस्थगित गरेका छन् ।
बैठकको सुरुवातमा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले सरकारले प्रतिवेदन सार्वजनिक नगरेसम्म संसदमा अवरोध गरिरहने बताएका थिए । उनले संसदबाट चुनिएको सरकारले संसदकै निर्देशन नमान्ने भनी प्रश्नसमेत गरे ।
जवाफमा सभामुख महराले सरकारलाई यथाशिघ्र प्रतिवेदन सार्वजनिक गर्न भनिसकेकाले केही समय पर्खिन आग्रह गरे । तर, राजपा सांसदहरु उभिरहेपछि सभामुख महराले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।