आज :

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, १ जना घाइते, बेवारीसे भेटिएको शव सनाखत

कैलाली। अत्तरियामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

महेन्द्रनगर रोड गोदावरी पुल नजिकै शनिवार राती करिव ९ :३० बजे तिर भएको सवारी दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अत्तरियाबाट महेन्द्रनगरतिर जाँदै गरेको से १ च २०९४ नं.को स्कारपियोले ठक्कर दिँदा गोदावरी नगरपालीका ३ मालीका टोल बस्ने २७ वर्षिय अनुप साउँदको मृत्यु भएको हो ।

दुर्घटना लगत्तै मृतक साउँदलाई उपचारका लागी पद्यमा अस्पतालमा लगिएको र त्यहा उपचार सम्भव नभए पछी रेफर गरी भारतको बरेली लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।

सवारी र सवारी चालक अहिले प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

कैलालीकै गोदावरी नगरपालिका ४ मा मृत भेटिएका पुरुषको सनाखत भएको छ ।

मृत भेटिएका पुरुष बैतडीको दशरथचन्द नगरपालिका २ का ४५ वर्षिय हर्क भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कञ्चनपुरको वाणीमा आफन्तलाई भेटेर घर फर्किने बेला उनी मृत फेला परेका हुन् । शनिवार बिहान गोदावरी नगरपालिका-४ पूर्व पश्चिममहेन्द्र राजमार्ग छेउ खैराना पुल नजिकै उनको शव फेला परेको थियो । घटनाबारे थप अनुसनधन भइरहेकोे छ ।

त्यस्तै घोडाघोडी नगरपालिका २ साडेपानीमा मोटरसाईकल दुर्घटनामा परि एक जना घाईते भएका छन् ।
पश्चिमबाट पुर्वतिर आईरहेको से १ प ३६२६ नं.को ट्याक्टरको ट्रलीमा से ७ प ४७८७ नं.को मोटरसाईकल ठोक्किदा दुर्घटना भएको छ ।

दुर्घटनामा परि मोटरसाईकल चालक धनगढी तारानगरका केवल चौधरी घाईते भएका छन् । उनको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal