
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल आज अमेरिका जाँदै छन् ।
पत्नी सीताको उपचारका लागि परिवारका केही सदस्यका साथ उनी आज साँझ अमेरिका जान लागेका हुन् ।
पार्किन्सन रोगसहित चिन्ता र अन्य केही शारीरिक तथा मानसिक समस्याले ग्रस्त भएपछि अध्यक्ष दाहाल पत्नीको उपचारका लागि अमेरिका जान लागेका हुन् ।
यसअघि भारत र सिंगापुरमा लगेर पत्नीको उपचार गराएको भए पनि स्वास्थ्यमा उल्लेख्य सुधार आउन सकेको छैन ।
दम्पत्तीसँगै उनकी छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जाँदै छन् । यसअघि २०६५ साल असोजमा भएको संयुक्त राष्ट्र संघको साधारणसभामा प्रधानमन्त्रीको हैसियतमा भाग लिन उनी अमेरिका गएका थिए ।