
काठमाडौं । म्यान्चेस्टर सिटी, वुल्भरह्याम्पटन र वाट्फोर्ड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अर्को दावेदार टोली म्यान्चेस्टर युनाईटेड भने क्वाटरफाईनलबाटै बाहिरिएको छ । गएराति भएको क्वाटरफाइनलमा स्वान्सी सिटीलाई ३-२ ले हराउँदै म्यान्चेस्टर सिटी सेमिफाइनलमा पुगेको छ ।
पहिलो हाफमा स्वान्सीले २ गोल गरे पनि दोस्रो हाफमा म्यान्चेस्टर सिटीले ३ गोल गरेको थियो । उसका लागि बर्नार्डो सिल्भा र सर्जियो अगुएरोले १-१ गोल गरे ।
स्वान्सीकै क्रिष्टोफरले एक आत्माघाति गोल गरे । गएराति भएको अर्को खेलमा क्रिष्टल प्यालेसलाई २-१ ले हराउँदै वाट्फोर्ड पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । उपाधि दावेदार टोली म्यान्चेस्टर युनाईटेड भने क्वाटरफाईनलबाटै बाहिरिएको छ ।
युनाईटेडलाई वुल्भरह्याम्पटन वान्डरर्सले २-१ ले हरायो कठिन खेलमा वुल्भरह्याम्पटनलाई विजयी गराउन राउल जिमिनेज र डिएगो योटाले १-१ गोल गरेका थिए । म्यान्चेस्टर युनाईटेडका मार्कस रास्फोर्डले ईन्जुरी समयमा १ गोल फर्काएका थिए ।
युनाइटेडलाई स्तब्ध बनाएको वुल्भरह्याम्टन २१ वर्षपछि एफ.ए कपको सेमिफाइनलमा पुगेको छ ।