आज :

कावासोती दुर्घटनामा एकको मृत्यु, २ जना घाइते

नवलपरासी । पूर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत कावासोतीको खरकट्टा जङ्गलमा आज (आइतबार) बिहान दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको च्यापिएर घटना स्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन ।

मृत्यु हुनेमा दाङका १८ वर्षिय अनराम रखाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा दाङकै ३० वर्षका सुदिप राई र २३ वर्षका विनोद लामा गम्भिर घाइते भएका छन् । घाइते दुबैको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

कावासोती नजिकै खरकट्टा जङ्गलमा विग्रीएर रोकिराखेको ना ७ ख १०९९ नं.को ट्रकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ११९४ नं.को ट्रकले पछाडिबाट ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal