
काठमाडौं । मृगौलाको पत्थरी आम बिमारीको समस्या बनेको छ ।
पत्थरीको दुखाई यति गम्भीर हुन्छ की यसले बिरामी रातभरी सुत्न नसक्नुका साथै पिंडाले छटपटिन्छ ।
महिलाहरुमा भन्दा ३ गुणा बढी पुरुषमा पत्थरी हुन्छ । पत्थरी हुँदा बिरामीको पेटको तल्लो भागमा दुख्छ । सामान्यतय पत्थरीको लक्षण सुरुवातदेखि नै थाहा पाइन्छ ।
पत्थरीका लक्षणहरुमा बारम्बार पिसाब आउने, पिसाब फेर्ने समयमा पींडा हुने, पिसाब रोकी रोकी आउने, कहिले कहीं जोडको पिसाब आउने, र अन्डाकोष दुख्ने जस्ता समस्या भएमा पत्थरी भएको भनि तुरुन्तै थाहा पाउन सकिन्छ ।
पत्थरी हुनुका प्रमुख कारणहरु
जब कुनै खानपानले पिसाब गाढा बन्छ तब गाढा पिसाबले पत्थरी बन्न सुरु हुन्छ । गाढा पिसाबले विस्तारै विस्तारै गरेर केहि दिनमै पत्थरीको रुप लिन्छ ।
पत्थरीको घरेलु उपचार विधि जुन एकदम प्रभावकारी र जस्तो सुकै पुरानो पत्थरीलाई पनि सजिलै निकाल्न मद्धत गर्दछ ।
पत्थरीको घरेलु उपचार विधि
१. चाहिने चीज
कागतीको रस र ओलिव ओइल
बनाउने विधि
कागतीको रस ९६० मिलिलिटर० र ६० मिलिलिटर ओलिव ओइल मिसाउने । मिक्स गरिसकेपछि यसलाई पिउने । यसको लगातार सेवनले केहि दिनमै पत्थरीलाई हटाउँछ । कागतीको रस र ओलिव ओइल हाम्रो स्वास्थ्यको लागि पनि निकै फाइदाजनक र लाभदायी हुन्छ ।
२. चाहिने चीज
प्याज, प्याजमा पत्थरीलाई नाश गर्ने तत्व हुन्छ ।
बनाउने विधि
एउटा प्याजलाई सानो सानो टुक्रामा काटेर पिस्ने । प्याज पिसेर पेस्ट बनिसकेपछी एक सुतीको कपडा अथवा छान्ने प्रयोग गरेर पेस्टबाट रस निकाल्ने । यो रसलाई बिहान खाली पेटमा पिउने । यसरी प्याजको रस नियमित रुपमा पिउनले पत्थरीलाई सानो सानो टुक्रामा निकाली केहि दिनमै पूर्ण रुपमा हटाउँछ ।
३. चाहिने चीज
ज्वानो, नियमित रुपमा ज्वानोको चिया पिउनले पत्थरी निर्मुल पार्न सकिन्छ ।
बनाउने विधि
करिब एक गिलास पानीमा १० देखि १५ ग्राम ज्वानो राखेर १०-१५ मिनेट सम्म उमाल्ने । उमालि सकेपछी पानीलाई मन तातो चिसो हुन दिनुहोस् । पानी चिसो भए पछी यसमा एउटा कागतीको रस मिसाएर पिउनुहोस् ।
पत्थरी निकाल्नको लागि यो एक लाभदायी चिया हो । यदि तपाईलाई पत्थरी भएको छ भने यसरी घरेलु औषधी प्रयोग गरि यसरी निकाल्न सक्नुहुन्छ ।
के खाने र के नखाने पत्थरी भएमा
पत्थरी सम्बन्धी केही महत्वपूर्ण जानकारी : पत्थरी अव्यवस्थित खानपान र जीवनशैलीको कारणले गर्दा लाग्ने रोग हो । पत्थरीबाट बच्नको लागी के खाने के नखाने भन्नेबारेमा जानकारी लिनुपर्दछ । पत्थरी बढ्दै गएमा औषधी वा शल्यक्रिया गर्नुको अन्य उपाय छैन ।
पत्थरीबाट बच्नको लागी सदैव नियमित रुपमा समयमा नै स्वस्थकर र व्यवस्थित खानपान गर्नुपर्दछ । मृगौलामा उत्पन्न हुने विविध समस्यामध्ये पत्थरी पनि एक समस्या हो । यदि कसैलाई पत्थरी भएको छ भने यस्ता खानेकुरा खानुपर्दछ ।
१.पानी
यदि कसैलाई पत्थरी भएको छ भने पहिलेको तुलनामा बढी नै पानी पिउने गर्नुपर्दछ । बढि पानी पिउँदा पिसाबको मात्रा बढेर मृगौंलामा भएको पत्थरीलाई बाहिर निकाल्न मद्दत गर्दछ ।
२.नरिवलको पानी
पत्थरी भएकाको लागी नरिवलको पानी एक उत्तम औषधी हो । नरिवलको पानीमा प्रशस्त मात्रामा प्राकृतिक पोटासियम पाइन्छ । पोटासियमले पत्थर बन्नको लागी रोक्ने र बढ्न नदिने औषधी रुपमा काम गर्दछ ।
३.हरियो मकै चिया
हरियो मकैलाई चिया बनाएर पिइएको खासै पाइएको छैन् । किनकि यसको फाइदाको बारेमा कमै मात्र मानिसलाई थाहा छ । हरियो मकैमा प्रोटिन, कार्बोहाइड्रेट्स, भिटामिन र मिनरल्स प्रशस्त मात्रामा पाइन्छ ।
मकैको चिया बनाएर सेवन गर्दा टाटेट्स नामको तत्व पाइने कारणले गर्दा यसले पत्थरी बन्ने प्रक्रियालाई रोकेर मिगौलाको इन्फेक्सन कम गर्दछ ।
३.जौं
जौलाई धेरैले सेवन गर्नको लागी झन्झट मान्ने गर्दछन् । झन् जौको माड बनाएर त कसैले खाएको तपाईले देख्नुभएको छैन होला । जौको माड बनाएर खानाले मिगौला सम्बन्धीत समस्या समाधान भई मुत्र प्रवाहलाई बढाएर मिगौला र मुत्रमार्गको संक्रमणबाट पनि बचाउँछ ।
४. भुइँकटर
प्राय सबैजसोलाई भुइकटर मनपर्दछ । भुइकटरको जुसले पनि पत्थरीको बिरामीलाई फाइदा गर्दछ । भुइकटरको जुस बनाएर सेवन गर्नाले पत्थरीलाई गाल्ने इन्जाइम फाइब्रिनलाई तोड्दछ ।
५.केरा
केरा पनि पत्थरीको बिरामीलाई फाइदा गर्ने फल हो । केराको सेवनले अक्जलिक एसिडलाई तोडि आक्जेलेट किस्टल बन्नबाट बचाउँछ ।
६.बदाम
जाडोमा धेरेले बदामको सेवन गर्ने गर्दछन् । बदामले न्यायो मात्र नभएर मृगौलाको पत्थरको पिडितलाई पनि फाइदा गर्दछ । बदाममा प्रशस्त भिटामिन र पोटासियम पाइने कारणले पत्थरी बन्नको लागी रोक्दछ ।
७.कागती
कागतीका धेरै फाइदा रहेको छ । कागती सुन्दरताको लागी मात्र नभएर सरसफाइ र स्वस्थको लागी पनि उत्तिकै रहेको छ । कागती भिटामिन ‘सी’ अधिक मात्रामा पाइन्छ । यसले अम्लले क्याल्सियम अक्जलेट पत्थरी हुनबाट बचाउँछ ।
८.गहतको झोल
पछिल्लो समयमा धेरैलाई गहतको झोल के हो भन्ने बारेमा जानकारी छैन । यसलाई पत्थरीको एकदमै राम्रो औषधीको रुपमा लिइन्छ । यसको झोल खानाले पत्थरीलाई गलाउने काम गरी बाहिर निकाल्दछ ।
९. गाजर
गाजरलाई धेरेले मनपराएर सेवन गर्न गर्दछन् । गाजरमा पायरोफा स्फेट र वनस्पतिय अम्ल पाइन्छ । गाजरमा किरोटिन पदार्थले मुत्र नलिमा हुने घाउँलाई पनि निको पार्न सघाउँछ ।
पत्थरी भएका बिरामीले के नखाने
१.पालुंगोको साग, गोलभेडा सेवन नगर्ने । फलफुलमा अमला, कालो अगुर काक्रोबाट टाढै रहने । यस्तो फलफुलमा अक्जलेटको मात्रा बढि हुन्छ, जसको कारणले गर्दा पत्थर बन्ने सम्भावना अधिक हन्छ ।
२. फूलगोभी, भन्टा, च्याउ, फर्सी लगायतका खानेकुरा पनि खानु हुँदैन यसमा युरिक एसिड बनाउने प्युरिन, न्युक्लयोटाइडको मात्रा प्रसस्त हुन्छ र किस्टल बनाई पत्थरीको समस्या उत्पन्न गराउँछ ।