आज :

२ मस्जिदमा भएको आक्रमणमा परी ४९ जनाको मृत्यु

काठमाडौं । न्यूजिल्याण्डको क्रिस्टचर्च शहरमा रहेको २ मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

हमलामा २० भन्दा बढी गम्भीर घाइते भएको बीबीसीले जनाएको छ । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले मृत्यु हुनेको संख्या पुष्टि गर्दै हमलालाई आतंकवादीको संघ्या दिएकी छिन् ।

घटनापछि एक महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रमुख माइक बुशले ४ जना संकास्पदलाई हिरासतमा लिएको पुष्टि गरेका छन् ।

उनले जोखिम अझै खतरामुक्त भइसकेको भन्न सक्ने अबस्था नरहेको बताएका छन् । यो आक्रमणमा २८ वर्षिय अष्ट्रेलियन युवकको संलग्नता रहेको उल्लेख गरिएको छ ।

उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ती व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेका थिए ।

अर्को सूचना जारी नगरेसम्म क्रिस्टचर्च मस्जिद र त्यसआसपासका क्षेत्रमा रहेका विद्यालय र कार्यालयहरु बन्द गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal