
काठमाडौं । आज (शुक्रबार) नयाँ पुस्ताकी सफल अभिनेत्री आलिया भटले आफ्नो २६ औं जन्मदिन मनाइरहेकी छिन् ।
उनले २०१२ मा आएको चलचित्र स्टुडेन्ट अफ द ईयरमार्फत आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनले चाइल्ड एक्टर (बाल कलाकार) का रुपमा पनि काम गरेकी थिइन् ।
स्टुडेन्ट अफ द इयरको अडिसन हुँदा आलिया १७ वर्षकी थिइन् । एक रिपोर्टका अनुसार आलिया स्कूलकै ड्रेसमा अडिसन दिन पुगेकी थिइन् । झण्डै ५ सय युवतीलाईपछि पार्दै आलिया छनौटमा परेकी थिइन् ।
यो चलचित्र बाक्स अफिसमा हिट भएपछि आलियाको चर्चा चुलिएको थियो । त्यसमा वरुण धवन र सिद्धार्थ मल्होत्राले पनि अहम भूमिका निभाएका थिए ।