
काठमाडौं । जापानी संस्कृतिको प्रवद्र्धन गर्दै राजधानी र पोखरामा जापानी फिल्म महोत्सव हुने भएको छ ।
महोत्सव आज (शुक्रबार) देखि पोखराको गैरापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको हलमा सुरु हुँदैछ । उदघाटनमा ‘सर्भाइभल फेमली’ नामक फिल्म प्रदर्शन हुने भएको छ ।
३ साताका शुक्रबार र शनिबार गरेर आयोजना हुने महोत्सव काठमाडौं आर्मी अफिसर्स क्लबमा चैत ८ र ९ हुनेछ ।
त्यस्तै, जापानी दूतावासको हलमा चैत १५ र १६ गते फिल्म प्रदर्शन हुने जानकारी जापानी दूतावासले प्रेस विज्ञप्तिमार्फत गराएको छ ।
काठमाडौंस्थित जापानी दूतावास, जापान फाउन्डेसन, जापानी भाषा शिक्षक संघ नेपालले संयुक्त रुपमा महोत्सवको आयोजना गर्न लागेको हो ।
जापानी भाषाका ९ वटा फिल्महरु प्रदर्शन हुने जानकारी जापानी दूतावासले गराएको छ । जापानी संस्कृतिमा आधारित ‘निन्जा किड्स’, ‘टाइम अफ इभ अफ द मुभी’, ‘इट इज ब्युटिफुल लाइभ’, ‘फाइभ सेन्टिमिटर पर सेकेन्ड’, ‘हाना नो अटो’ र ‘नोरिबे’ लगायत फिल्महरु प्रदर्शन हुने छ ।