आज :

एम्बुलेन्स प्रहरीको गाडीमा ठोक्कियो, ४ जना गम्भिर घाइते

नवलपरासी । कावासोतीमा प्रहरी चढेको गाडीलाई एम्बुलेन्सले ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।

कावासोती-१६ को चालीस किलो जंगल नजिकै लु १ च ७४२५ नं.को बिरामी बोकेको नेपाल रेडक्रस सोसाइटी उपशाखा अरुणखोलाद्वारा सञ्चालित एम्बुलेन्सले प्रहरी चढेको बा २ झ १४६५ नं.को गाडीलाई ठक्कर दिँदा एम्बुलेन्समा सवार बिरामीसहित ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा घाइते हुनेमा मध्यविन्दू-१० बस्ने ४८ वर्षिय आनन्द जैसी, ७४ वर्षिय मानकुमारी जैसी, ८१ वर्षिय दुलनाथ जैसी र एम्बुलेन्स चालक ५१ वर्षिय खुमाकान्त न्यौपाने रहेका छन् ।

उनीहरुको अवस्था गम्भिर रहेको र कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व जाँदै गरेको प्रहरी चढेको गाडीलाई तिब्र गतिमा रहेको एम्बुलेन्सले पछाडी पट्टिको भागमा ठक्कर दिई अनियन्त्रित भएर पल्टिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal