
काठमाडौं । सप्तरीको कुसहामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
विपरित दिशाबाट आईरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
को ३४ प ६४३५ नं.को मोटरसाइकलमा सवार २ जना र बसमा सवार १ जना गरी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका ५ का मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो भने बसमा सवार यात्रुको सनाखत हुन सकेको छैन ।
घटनाको कारण राजमार्ग ठप्प रहेको बताइएको छ । घटनामा बसमा सवार केही यात्रु घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सिरहाको लहान अस्पताल पठाइएको छ ।