आज :

२५ किलो चाँदी र सुनसहित २ भारतीय जनकपुरमा पक्राउ

काठमाडौं । जनकपुरमा २५ किलो चाँदी र २ सय ग्राम सुनसहित २ भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहार राज्य मधुवानी जिल्ला बासोपट्टी-४ का ३७ वर्षिय कृष्णकुमार महतो र सोही ठाउँका ३० वर्षिय रुपेश महतो रहेका छन् ।

दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज (सोमबार) बिहान पत्रकार सम्मेलनको गरी बरामद उक्त चाँदी र सुनसहित सार्वजनिक गरेको हो ।

आइतबार बेलुका जनकपुरबाट लोहना हुँदै भारत जान लागेको बी.आर.३२ एस ४३५७ नं.को मोटरसाइकलमा लोहना जाने सडकमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले जाँच गर्ने क्रममा सुनको बाला १ थान, गोलो टुक्रा १ थान र ९ प्याकेट चाँदीको दाना बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भैरहेको र मोटरसाइकलसहित सुन र चाँदी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय पठाउने तयारी भैरहेको प्रहरी उपरीक्षक खनालले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal