
काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले रियाल भालाडोलीडलाई ४-१ ले हराएको छ ।
गएराति भालाडोलिडको मैदानमा भएको खेलमा फराकिलो जित निकाल्दै पाहुना टोली रियाल मड्रिडले राहत महसुस गरेको छ ।
खेलमा रियाललाई विजयी गराउन करिम बेन्जमाले २ गोल गर्दा राफेल भाराने र लुका मोड्रिचले १-१ गोल थपे । जितपछि रियाल मड्रिडले २७ खेलबाट ५१ अंक बनाएको छ ।
शीर्ष स्थानको बार्सिलोनाको ६३ अंक छ । ५६ अंकका साथ एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ ।