News Portal

सभापति देउवाद्वारा नेता पुरीको निधनप्रति दुः ख व्यक्त

२०९ पटक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जीतबहादुर पुरीको निधनप्रति दुः ख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज विज्ञप्तिमार्फत केन्द्रीय समितिका तर्फबाट नेता पुरीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे ।

वि.सं.२०१४ मा कांग्रेसले गरेको भद्र अवज्ञा आन्दोलनका सक्रिय योद्धा तथा विसं २०४६ को परिवर्तनपछि राष्ट्रियसभाको सदस्यसमेत बनेका पुरीले पञ्चायत विरोधी लामो संघर्षमा कारागार र प्रवास बसेर देश र पार्टीका लागि महत्वपूर्ण योगदान गरेक थिए ।

उनले भने, “उहाँको निधनबाट नेपाली कांग्रेस झापाको अग्रज नेतृत्वको बिदाई भएको छ नै, मैलेसमेत एक असल अग्रज र मित्रसमेत गुमाएको छु”, विज्ञप्तिमा उल्लेख रहेको छ ।

प्रतिकृया दिनुहोस्