आज :

भारतले पाकिस्तनमा एक हजार किलो बम खसाल्यो, तर एउटा काग मात्रै मर्‍यो

काठमाडौं । पाकिस्तानी भूमिमा भारतले करिब १ हजार किलो बम खसाल्यो । भारतीय वायु सेनाका फाइटर विमानले गत मंगलबार विहान ३ बजेतिर पाकिस्तानी एयरस्पेसमा पसेर बम वर्षा गरे । उक्त घटनामा १२ वटा विमान प्रयोग भएका थिए । जैस ए मोहम्मदको किल्ला ध्वस्त गर्ने उद्देश्यले बम बर्षा गरिएको भारतले बताएको थियो ।

भारतीय मिडियाहरुले बर्षाबाट विद्रोही समूहको मुख्य किल्ला ध्वस्त हुनुको साथै सयौं हताहति भएको भनेर समाचार बनाए । केही व्यक्तिहरु भाग्दै गरेको बम विस्फोटमा मारिएको स्केच भिडियो समेत भारतीय मिडियाले प्रसारण गरेका थिए । भारतीय सेनाले बम खसालेको स्थानमा अन्तर्राष्ट्रिय संचारमाध्यमहरु पुगेका छन् । उनीहरुले स्थलगत अध्ययनसहितका रिपोर्ट प्रसारण गरेका छन् ।

बीबीसी, अल जजिरा, रोयटर्सलगायतका संचारमाध्यमहरुले गरेको स्थलगत रिपोर्टिङले भारतीय भारतीय सेना संचारमाध्यमहरुले गरेको दाबी झुट भएको पुष्टि भएको छ । रिपोर्टहरुमा स्थानीयहरुले गाउँको छेउको जंगल क्षेत्रमा उक्त बमवर्षा गरिएको बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै एक स्थानीयले बमवर्षाका कारण कुनै मानविय क्षति नभएको बताए । उनले गाउँको नजिकै सल्ला रुख भएको स्थानमा बमबर्षा भएको र त्यसले बस्तीमा कुनै क्षति नभएको बताए । उनका अनुसार बमबर्षाबाट एउटा कागको मरेको बताए । त्यस्तै एक व्यक्तिको आँखामा सामान्य चोट समेत लागेको छ ।

भारतीय हवाई हमलापछि बीबीसीका संवाददाता सहर बलोच बालाकोट पुगेकी थिइन् । उनले घटनास्थल नजिकै घर भएका स्थानीय नुरान साहसँग कुरा गरेकी थिइन् । भारतीय मिडियाहरुले बालाकोटमा आतंककवादीहरुको ६ एकडको शिविर रहेको र त्यहाँ विभिन्न सुविधाहरु उपलब्ध हुनुका साथै प्रशिक्षण पनि दिइने गरेको दावी गरेका थिए । तर, बीबीसीले उक्त दावी असत्य भएको समाचारमा उल्लेख गरेको छ ।

बीबीसीसँग कुरा गर्दै नूरानले भने, “अघिल्लो रात म सुतिरहेको थिएँ । बिमानको चर्को आवाजले मेरो निद्रा विथोलियो । जब म उठेँ, ठूलो विष्फोटको आवाज आयो । त्यसपछि म बाहिर निस्किने कोशिश गरेँ । मैले सोचेँ कुनै डरलाग्दो घटना भएको छ । नब म ढोका नजिकै गएँ, तेस्रो विष्फोट भयो । मेरी श्रीमती र छोरीहरु पनि उठे । मैले भने अब हामी मर्छौं होला । लगत्तै चौंथो विष्फोट भयो । हामी हलचल नगरी बस्यौं । विष्फोट रोकिएपछि हामी उठ्यौं । बाहिर निस्केर हेर्दा घरको पर्खाल र छतहरुमा दागहरु थिए ।”

त्यस्तै अल जजिराले पनि हमला भएको स्थानको स्थलगत रिपोर्टिङले पनि बमबर्षाका कारण कुनै मानवीय क्षति नभएको देखाएको छ ।
कतारको समाचार एजेन्सी अल जजिराले उत्तरी पाकिस्तानको जाबा शहर बाहिर जंगल र दुरदराजको क्षेत्रमा चार बम खसाइएको उल्लेख गरेको छ । विस्फोटबाट बनेको खाडलमा भाँच्चिएका रुख र ढुंगाहरु भेटिएका थिए । तर, त्यहाँ कुनै भग्नावशेष वा धनमालको नोक्सानी भएको प्रमाण भेटिएन ।

स्थानीय अस्पतालहरुका अधिकारी तथा उक्त स्थानमा पुगेका कयौं सर्वसाधारणले भारतीय हमलापछि कुनै व्यक्ति घाइते वा मृत नपाइएको अल जजिरालाई बताएका थिए ।

यसगरी ब्रिटिस न्यूज एजेन्सी रोयटर्सले गरेको रिपोर्टिङमा बम विष्फोटबाट एउटा कागको मृत्यू भएको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त क्षेत्रमा भ्यान चलाउने अब्दुर रसिदले भने, “यो विष्फोटले हामी सबैलाई त्रसित बनायो । तर, कसैको पनि मृत्यु भएन । खाली केही रुखहरु ढले र एउटा काग मर्यो ।”

पाकिस्तानी क्षेत्रमा प्रवेश गरेका भारतका दुई फाइटर विमान खसालेसँगै यो तनाव कम भएको थियो । निकै तयारीका साथ उक्त क्षेत्रमा पुगेको भारतको लागि दुई विमान ध्वस्त र एउटा पाइलट भारतले कब्जा गरेपछि ब्याक हटेको थियो । पाकिस्तानी सेनाले कब्जामा लिएको पाइलट अभिनन्दन वर्तमान रिहा भएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री इमारान खानले गरेको घोषणाअनुसार पाइलट वर्तमान शुक्रबार रिहा भएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal