आज :

कर छल्ने एनसेललाई कारवाही गरेकोले विप्लव नेकपालाई दमन होइन, पुरस्कृत गर्नुपर्छः किराती

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले अर्बौ कर छलि गर्ने एनसेलमाथि गर्ने नेकपालाई पुरस्कृत गर्नुपर्ने बताएका छन् । किरातीले नेकपाले एनसेलमाथिको कारवाहीको जिम्मा लिएकै दिन नेकपामाथि दमन होइन पुरस्कृत गर्नुपर्ने बताएका हुन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै अध्यक्ष किरातीले विद्यमान बस्तुगत परिस्थितिकमा सशस्त्र राजनीतिलाई स्वीकार गर्न नसकिने तर अर्बौ कर छली गर्ने एनसेललाई कारवाही गरेको भन्दै दमन होइन पुरस्कृत गर्नुपर्ने लेखेका छन् । किरातीले नेकपामाथि दमन गरिए केपी र प्रचण्ड एनसेलको राष्ट्रिय अपराधका मतियार हुने बताए ।

किरातीले एनसेलले सार्वजनिक संचार सेवा अवरुद्ध पार्ने गरेको बताएका छन् ।

यस्तो छ किरातीको स्टाटसः

विद्ययमान वस्तुगत परिस्थीतिमा सशस्त्र राजनीति स्वीकार गर्न सकिँदैन । तर अरबौँ कर छली गर्ने र सार्वजनीक सञ्चार सेवा अवरुद्ध पार्ने एनसेलमाथि कारवाही गर्ने विप्लव नेकपालाई राज्यले पुरस्कृत गर्नुपर्छ न की दमन । यदि विप्लव नेकपामाथि दमन नै गरिन्छ भने प्रश्न खडा हुन्छ, के खड्ग ओली–प्रचण्ड सरकार एनसेलको राष्ट्रिय अपराधको मतियार हुन् ?

उता अाइतबार नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले एनसेलमाथिको कारवाहीको जिम्मा लिएका छन् । उनले अर्बौ कर छलि राज्यका निकायले तिराउन नसकेको कारण आफूहरु अगाडि बढ्न बाध्य भएको बताए ।

आइतबार बीबीसीसँग कुरा गर्दै ओलीले शुक्रबार एनसेलको मुख्यालयमा भएको घटनाबाट सर्वसाधारणको ज्यान जान पुगेको भन्दै दुःख समेत व्यक्त गरे । उनले सर्वसाधारणप्रति लक्षित नभएको तर कमजोरीका कारण नख्खु घटनमा एक जनाको ज्यान गएको बताए । उनले गल्ती स्वीकार गर्दै अबका दिनमा त्यस्ता घटना नदोहोर्याउने समेत बताए ।

पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज समेत रहेका ओलीले सरकारले एनसेलमाथिको कारवाहीलाई लिएर सरकारले आफ्नो पार्टीमाथि दमन गरे प्रतिरोध गर्ने चेतावनी दिए । “सरकारले न्यायपूर्ण कार्यलाई अन्ययपूर्ण सरकार आउने थाल्यो भने नेपाली जनताले नराम्रोसँग प्रतिरोध गर्नेछन्, त्यसको साथसाथै नयाँ राज्यसत्ता स्थापति गर्नेछन्” ओलीले कुराकानीको क्रममा भने । उनले सरकारका कुनै पनि निकायहरुले एनसेललाई कर नतिराएकोले आफूहरुले कारवाही गर्न बाध्य भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal