आज :

डोल्पाको जुफालमा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो

  • अनलाइन डबली

हेमन्त केसी-

सुर्खेत । डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ । जहाजमा रहेका १३ जना यात्रु भने सकुशल रहेका छन् ।

नेपालगञ्जबाट जुफालका लागि उडेको जहाज आज बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा धावनमार्गमा पाङ्ग्रा खुस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक ९डिएसपी० अनिल राज गिरीका अनुसार जहाजमा सात जना विदेशी र छ जना नेपाली गरी १३ जना यात्रु थिए। यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेका थिए। सबै यात्रु सकुशल रहेको उनले जानकारी दिए ।

जुफाल विमानस्थल प्रमुख मुकुन्द पौडेलले अवतरणका क्रममा जहाजको पछाडिको पाङ्ग्रा खुस्किएको बताए। जहाज धावनमार्गमै रहेको र प्राविधिक टोलीले जाँच गरिरहेको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जहाजमा सामान्य समस्या देखिएको र सबै यात्रु सकुशल रहेको बताइन्। जहाजको प्राविधिक जाँच तथा आवश्यक मर्मतका लागि हेलिकोप्टरमार्फत इन्जिनियर ल्याउने तयारी भइरहेको विमानस्थल प्रमुख पौडेलले जानकारी दिए ।

जहाजमा पाङ्ग्रासम्बन्धी समस्या देखिए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal