आज :

भोटेकोशी–त्रिशूली बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन माग

  • अनलाइन डबली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत दिन सरकारसँग माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले बाढीमा बेपत्ता नागरिकले प्राप्त गर्नुपर्ने रकमदेखि आर्थिक कारोबारसम्म सबै रोक्का रहेको बताए।

उनले बेपत्ता नागरिकका परिवारले पटक–पटक उनीहरूलाई मृतकसरह कानुनी हैसियत प्रदान गर्न माग गर्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकहरूले प्राप्त गर्नुपर्ने रकमदेखि आर्थिक कारोबारसम्म सबै रोक्का छ। त्यसैले बेपत्ता नागरिकहरूलाई मृतकसरह कानुनी हैसियत प्राप्त होस् भन्ने पीडितहरूको पटक–पटकको माग छ। त्यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal