आज :

‘जलवायु न्याय’को मुद्दामा भोटेकोसी निर्णायक मोड बन्नुपर्छ : विश्वप्रकाश शर्मा

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोटेकोसी विपद्लाई नेपालको जलवायु कूटनीतिका लागि ‘निर्णायक मोड’ बनाउनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुअघि प्रधानमन्त्री बालेन शाहसँग भएको भेटमा कांग्रेसका तर्फबाट जलवायु परिवर्तन, क्षति तथा नोक्सानी र अन्तर्राष्ट्रिय जलवायु न्यायका विषयमा सुझाव प्रस्तुत गरिएको शर्माले बताएका हुन् ।

असोज ५ गते प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा नेपालको आवाज प्रभावकारी रूपमा प्रस्तुत गर्न शुभेच्छा र कांग्रेसका तर्फबाट ऐक्यबद्धता प्रकट गरिएको शर्माले बताए । साथै, भोटेकोसी विपद्पछि जलवायु परिवर्तनका असरबारे तथ्य, विश्लेषण र प्रमाणसहित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको दाबी प्रस्तुत गर्नुपर्ने सुझाव दिइएको उनले बताए ।

शर्माका अनुसार आगामी नोभेम्बर ९ बाट टर्कीमा सुरु हुने जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलनका लागि समेत नेपालले थप गहन तयारी गर्नुपर्ने बताएका थिए ।

उनले भोटेकोसी विपद्लाई नेपालको जलवायु कूटनीतिमा नयाँ मोडका रूपमा स्थापित गर्नुपर्ने बताए ।

‘जलवायुजन्य क्षति तथा हानिको सम्बोधनका लागि नेपालले न्यायोचित वित्तीय सहयोगको दाबी तथ्य, विश्लेषण र प्रमाणसहित बलियो ढंगले गर्नुपर्छ,’ शर्माले भने ।उनले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय दायित्व र क्षतिपूर्तिको विषयमा अन्तर्राष्ट्रिय न्यायालयले सन् २०२५ जुलाई २३ मा दिएको परामर्शात्मक रायलाई नेपालको दाबीका लागि महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे ।

त्यसैगरी, पेरिस सम्झौताअन्तर्गत प्रत्येक देशले निर्धारण गरेका राष्ट्रिय योगदानको प्रगति र वास्तविक उत्सर्जन न्यूनीकरणको अवस्थाबारे नेपालले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने शर्माले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal