आज :

कृष्णभीरमा आजदेखि दुईतर्फी सवारी साधन चल्न थाले

  • अनलाइन डबली

काठमाडौँ । रसुवा बाढीसँगै अवरुद्ध कृष्णभीर सडक खण्डमा दुईतर्फी सवारी साधन चल्न थालेका छन् । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भोटेकोशी नदीमा आएको बाढीका कारण सडक भासिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाडी चल्न थालेका हुन् ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सडकमा गएरातिदेखि नै गाडी आवतजावत शुरू भएको थियो ।

सडक सञ्चालनमा आएपनि पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम कायम रहेकाले सावधानी अपनाउन स्थानीय प्रशासनले सचेत गराएको छ ।

१४ भदौमा त्रिशूली नदीमा आएको बाढीका कारण भित्ता कटान हुँदा कृष्णभीरमा पहिरो गएको थियो । पहिरो गएकै स्थानभन्दा माथि नयाँ ट्र्याक खोलेर ग्राभेल गरिएपछि सवारीसाधन दुईतर्फी चल्ने अवस्था बनेको सडक विभागले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal