आज :

जलवायु परिवर्तनको क्षतिपूर्तिको लडाइँमा विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरूले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन् ।

एमाले विशेष संगठन कमिटीले शनिबार केन्द्रीय कार्यलय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले औद्योगिक राष्ट्रहरूले सृजना गरेको समस्याका कारण अनाहकमा हजारौँ नेपालीले ज्यान गुमाउनु परेको दुखान्तको न्यायपूर्ण निरुपण हुनुपर्ने उनले माग गरेका छन् ।

‘विकसित देशहरूले ठुला ठुला उद्योग र आणविक भट्टीबाट अति कार्बन उत्सर्जन गरे त्यसको मार हामीजस्ता विकाशिल देशहरूले भोग्नु परेको छ,’ पोखरेलले भने ‘हामीकहाँ भएको जनधनको क्षतिपूर्ति उनीहरूले तिनुपर्दछ । यो न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनु पर्दछ ।’

महासचिव पोखरेलले एमाले पीडितको राहत,उद्धार र पुनस्थापनका लागि अहोरात्र खटिरहेको बताए । पार्टी अध्यक्ष केपी शर्मा ओली र आफू सहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझेपछि यो क्रमलाई अझ तीव्र पारिएको उनले बताए ।

पोखरेलले एमाले सरकारले अघि सार्ने पुन स्थापना तथा पुन निर्माणको काममा सहयोगी हुने बताए ।

‘विगतका विपत्तिमा पनि उद्धार, राहत, पुनस्थापना र पुन निर्माणमा उल्लेखनीय सफलता हासिल गरेका नेता कार्यकर्ताहरू हुनुहुन्छ’ पोखरेलले भने ‘त्यो अनुभव हामी रसुवा र नुवाकोटको बाढी पीडित क्षेत्रमा प्रयोग गर्छौ । सरकारले अघि सार्ने यस्ता काममा हाम्रो साथ रहन्छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal