आज :

हृदयघात हुने वित्तिकै मान्छेको मृत्यु हुँदैन् , उपचार पद्धति विकास भइसकेको छ : डा.मिलन श्रेष्ठ

  • अनलाइन डबली

पार्वती भण्डारी –

काठमाडौं । नेपालमा पछिल्लो समय वृद्ध मात्र नभइ युवा अवस्थाका मानिसमा पनि ह्दयघातको समस्या बढ्न थालेको छ । धेरैले ज्यान पनि गुमाएका छन् । पछिल्लो समय युवाहरुमा ह्दयघातको जोखिम बढेको छ ।

यसै सन्दर्भमा नेपाल न्यूज बैंकले मुटुरोग विशेषज्ञ डा.मिलन श्रोष्ठसँग गरेको कुराकानीमा उनले पछिल्लो समय युवा अवस्थाका व्यक्तिहरुमा ब्लड प्रेसर र सुगरको समस्या देखिने गरेको र जसका कारण ह्दयघातको जोखिम पनि बढ्दै गएको बताए । श्रेष्ठले कोलेस्ट्रोल पनि उत्तिकै बढ्न थालेको बताए । ‘पछिल्लो समय युवा अवस्थामा ब्ल प्रेसर, सुगरजस्ता समस्याहरु अत्याधिक बढ्दो छ । युवाहरुमा महत्वकांक्षी सोचका कारण पनि समस्याहरु निम्तने गरेका छन्,’ उनले भने ।

मान्छेले अत्यधिक घोटिएर काम गर्दा, राती अबेरसम्म बस्दा, शारीरिक व्यायम नगर्दा, चुरोट—सूर्ति सेवन बढी गर्ने कारणहरुले गर्दा युवावस्थामा मुटुको पनि समस्या बढी देखिने गरेको उनले बताए ।

उनका अनुसार हृदयघात हुने मुख्य कारण ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोलको समस्या, चुरोट—सूर्ति सेवन, मोटोपना र शारीरिक व्यायम गर्दा हृदयघातको जोखिम बढ्ने गरेको छ । अत्यधिक मानसिक तनावमा काम गर्ने मान्छेमा पनि हृदयघातमा महत्वपूर्ण योगदान पुग्ने गरेको उनको भनाइ छ ।
उनले भने, ‘हृदयघात हुने मुख्य कारण भनेको ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोलको समस्या, चुरोट—सूर्ति सेवन अधिक गर्ने, शारीरिक व्यायम नगर्ने मान्छेहरुमा हृदयघातको समस्या बढी हुन्छ ।’

डा.श्रेष्ठले हृदयघात मुख्यगरी रक्तनलीमा साँगुरिदै गएर कुनैबेला कुनै नली बन्द भएको अवस्थामा रक्तनलीबाट प्रवाह हुने रगतहरु प्रवाह हुन नपाइ मुटुका मांसपेशीहरुमा रगत नपुग्ने अवस्था आउँदा मुटुका मांसपेशीहरु मर्न पुग्छन । मरेर काम नलाग्ने अवस्थामा पुग्नुलाई हृदयघात भनिने बताए ।

उच्च रक्तचापका कारण सँधै हर्टअट्याक गराउने नभइ रक्तनलीहरुमा रोग पैदा गराइ बोसो जम्ने प्रक्रिया सुरु भएपछि ह्दयघातको समस्य देखिने गरेको उनले बताए ।

‘मुटुमा सामान्य ब्लक छ भने मान्छेलाई केही नहुनसक्छ । तर ब्लक बढ्दै जाँदा विशेषगरी छातीमा भारीपन महसुस गर्छ,’ उनले भने ।
मुटुको समस्या वा ह्दयघातको जोखिम बढ्नुको मुख्य कारण खानपान भएको उनको भनाइ छ । ‘विशेषगरी धेरै माछामासु खाने, रातो मासु, चिल्लो पदार्थ, रक्सी, चुरोट सेवन गर्ने मान्छेमा कोलेस्ट्रोल, प्रेसर, सुगर बढ्दा त्यसको असर मुटुमा पर्नसक्ने उनको भनाइ छ ।

त्यसै निरन्तर नियमित व्यायाम नगर्ने मान्छेमा मुटुरोगको सम्भावना बढी हुने गर्दछ । त्यसैले निरन्तर शारीरिक व्यायाम गर्न उनले सुझाव दिए ।
मानसिक तनावले पनि प्रेसर र मुटुको चाल बढाउन सहयोग पुर्याउने भएकाले मानसिक तनावले प्रेसर, सुगर, कोलेस्ट्रोललाई अनियन्त्रित पार्नसक्ने उल्लेख गरे ।

तर पछिल्लो समय हृदयघातको उपचार एकदम सहज र धेरै ठाउँमा उपलब्ध भएकाले हृदयघात हुने वित्तिकै मान्छेको मृत्यु नहुने बताए । हृदयघातको उपचार विशेषगरी ठूला अस्पतालमा मात्र हुने गरेको उनले सुनाए । धेरैजसो मान्छे अलिकति छाती दुख्नेवित्तिकै पनि हृदयघात नै भयो कि भनेर आत्तिने गरेको उनले बताए ।

विशेषगरी बिरामीको लक्षणबाट पहिचान कसरी गरिन्छ भने छाती दुखाइ सबै मुटुको दुखाइ हुँदैन र छाती दुखाइ सबै हृदयघात पनि नहुने उनले बताए ।
उनका अनुसार मांसपेशी हड्डीको दुखाइले पनि छाती दुख्न सक्छ । ग्यास्ट्रिकको समस्याले पनि छाती दुख्ने समस्या हुनसक्छ र भिटामिन डीको कमी भएको अवस्थामा पनि मान्छेलाई छाती दुख्ने, चसक्क हुने र अत्यधिक तनावमा काम गर्दा वा निन्द्रा नपुगेको अवस्थामा पनि छाती दुख्ने समस्या हुनसक्छ ।

उनले हृदयघात भएको शङ्का लागेमा घरमा धेरै केही गर्न नसकिने बताए । हृदयघातको शङ्का लाग्यो, छाती साह्रै दुख्यो भने सबभन्दा सुरुमा अस्पताल जानु नै उपयुक्त हुने बताए ।

एन्जियोप्लास्टी विधिमा उपचार हुने भएकाले ह्दयघातको शंका लागेमा अस्पताल नै जान उनले सुझाव दिए ।
उनले खानपानमा विशेषगरी रातो मासु, चिल्लो पदार्थ भएको खानेकुरा, बोसोजन्य कुराहरु, मैदाजन्य बस्तुहरु नखान आग्रह गरे । सागसब्जी, फलफूल, प्रोटिनयुक्त खानेकुरा सन्तुलन मिलाएर खान उनले सुझाए ।

उनले पछिल्ले समय मानसिक तनाव एकदम नयाँ ठुलो समस्याको रुपमा देखा परिरहेको बताए । उनले तनावलाई व्यवस्थापन गर्न दैनिक सात, आठ घण्टा भन्दा बढी काम नगर्ने, आफ्नो माइन्डलाई फ्रेस गर्ने र आफ्नो दिमागलाई फ्री राख्ने बातावरण मिलाउन विशेष ध्यान दिन अग्रह गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal