आज :

युवा नेत्र सेवाको सोर्हौ एक कप चिया दान अभियानमा २६ जनाले पाए नि:शुल्क मोतीबिन्दु सेवा 

  • बुद्धशरण शाही

काठमाडौं ।  दैनिक एक कप चिया बराबरको खर्च दान गरेर त्यस बापतकाे रकम असहाय दीनदुखीहरूलाई आँखाकाे ज्याेति प्रदान गर्न प्रदान गर्ने उदेस्यले  “एक कप चिया दान अभियान” आज  शनिबार सोर्हौ वार्षिकोत्सव सम्पन्न  गरेको  छ  ।

बरिष्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठले कार्यक्रमको उत्घाटन गर्नु भयो।  हुन्दु , बौद्ध , इस्लाम , इसाई लगाएत सबै धर्ममा   दान धर्म , पुन्य गर्नु पर्ने र मानब धर्म भएको हुनाले यस्तो मन हुनेहरुको सहयोगले नै आज यो अभियान यहा सम्म आउँ सफल भएको बताउनु भयो ।

युवा नेत्र सेवाका अध्यक्ष बरिष्ठ नेत्र रोग बिशेसज्ञ डा सिद्धार्थ रञ्जितले कार्यक्रममा बोल्दै “एक कप चिया दान” का सदस्यहरु १७ वटा राष्ट्रहरुमा फैलिएको बताए भने आजीवन सदस्य १ सय ६२ जना र २ सय तीन जना साधारण सदस्य गरी ४ सय ८  जना रहेको बताउनुभयो  ।

कार्यक्रममा बोल्दै अध्यक्ष रञ्जितले प्रमुख अतिथि र अतिथि द्वयलाई मायाको चिन्ह प्रदान गरे । “एक कप चिया दान”का सम्पूर्ण आजीवन सदस्य र साधारण सदस्यहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो  ।

तीन दशक अगाडि स्थापना भएको युवा नेत्र सेवाले दैनिक एक कप चिया बराबरको रकम दान दिएर सुरुवात गरिएको “एक कप चिया अभियान” अभियानमा हाल विश्वका १७ वटा बिभिन्न देश हरुमा सदस्य सहित ४ सय ५० बढी सदस्य र १ सय बढी देश बिदेशका आजीवन सदस्य रहेका छन्।

सो अवसरमा २६ जनालाइ  नि:शुल्क मोतीबिन्दु  शल्य क्रियाका साथ नि:शुल्क चस्मा , औषधि समेत  सेवा प्रदान गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal