
काठमाडौं । दैनिक एक कप चिया बराबरको खर्च दान गरेर त्यस बापतकाे रकम असहाय दीनदुखीहरूलाई आँखाकाे ज्याेति प्रदान गर्न प्रदान गर्ने उदेस्यले “एक कप चिया दान अभियान” आज शनिबार आफ्नै प्राङ्गनमा सोर्हौ वार्षिकोत्सव सम्पन्न भएकाे छ ।

बरिष्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठले कार्यक्रमको उत्घाटन गर्नु भयो। हुन्दु , बौद्ध , इस्लाम , इसाई लगाएत सबै धर्ममा दान धर्म , पुन्य गर्नु पर्ने र मानब धर्म भएको हुनाले यस्तो मन हुनेहरुको सहयोगले नै आज यो अभियान यहा सम्म आउँ सफल भएको बताउनु भयो ।

युवा नेत्र सेवाका अध्यक्ष बरिष्ठ नेत्र रोग बिशेसज्ञ सिद्धार्थ रञ्जितले हालसम्म २०४ जना आजीवन सदस्य रहेको जानकारी दिए । उनका अनुसार साधारण सदस्य सहित ४०० भन्दा बढी सदस्य छन् । साथै, १५ देशबाट स्वदेशी तथा विदेशी सदस्यले सहभागिता जनाएका छन् । यसै क्रममा २६ जना मोतिबिन्दुका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो । जहरसिंपौवा, बलम्बु तथा काठमाडौंका विभिन्न स्थानका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिइएको छ । कार्यक्रममा २०८२ सालमा सदस्यता लिएका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । उत्कृष्ट कार्य गर्ने १२ जना सदस्यलाई सम्मानपत्र प्रदान गरिएको थियो । अध्यक्ष रञ्जितले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष रञ्जितले प्रमुख अतिथि र अतिथि द्वयलाई मायाको चिन्ह प्रदान गरे । “एक कप चिया दान”का सम्पूर्ण आजीवन सदस्य र साधारण सदस्यहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो ।

तीन दशक अगाडि स्थापना भएको युवा नेत्र सेवाले दैनिक एक कप चिया बराबरको रकम दान दिएर सुरुवात गरिएको “एक कप चिया अभियान” अभियानमा हाल विश्वका १७ वटा बिभिन्न देश हरुमा सदस्य सहित ४ सय ५० बढी सदस्य र १ सय बढी देश बिदेशका आजीवन सदस्य रहेका छन्।
सो अवसरमा २६ जनालाइ नि:शुल्क मोतीबिन्दु शल्य क्रियाका साथ नि:शुल्क चस्मा , औषधि समेत सेवा प्रदान गरेको थियो ।



बुद्धशरण शाही




