आज :

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • अनलाइन डबली

सुर्खेत । सामुदायिक जङ्गलमा मृत अवस्थामा भेटिएकी सुर्खेत गुर्भाकोटकी १६ वर्षीया इनिशा विकको बलात्कार पछि हत्या भएको निश्कर्षमा प्रहरी पुगेको छ । पोस्टमार्टम रिर्पोट र पीडकको बयानपछि बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको हो ।

हत्यामा संलग्न भएको आशंकामा फागुन २३ र २४ गते प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । इनिशाको पोस्ट मार्टम रिपोर्टमा गोप्य अंगमा घाउ भएको, उच्च रक्तस्राव भएको देखिएकोले बलात्कारपछि उनको मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए ।

उनले भने, ‘पक्राउ परेकाहरूको बयान भई रहेको छ । पोस्ट मार्टम रिपोर्टमा पाठेघर च्यातिएको र अत्यधिक रक्तस्रावपछि उनको मृत्यु भएको हुनसक्छ ।’

मृतक इनिशा र पक्राउ परेका चारजना मध्ये एकजना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश अस्पताल, काला गाउँका तीनजना चिकित्सकसहित भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले तयार पारेको पोस्टमार्टम रिपोर्ट बुधबार आएको छ । जबरजस्ती करणीले मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको डा. शाक्यले जानकारी दिए ।

फागुन २३ गते बिहान घरबाट निस्किएकी इनिशा अबेरसम्म घर नफर्किएपछि आफन्तले उनको खोजी गरेका थिए । सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा इनिशा बेहोस अवस्थामा भेटिएकी थिइन् ।

उनीसँगै रहेका वीरेन्द्रनगर–९ का एक युवकलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा गौलीसहित थप चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा शािनबार बिहान प्रयोगात्मक छ भनेर घरबाट निस्किएकी थिइन् । बिहान ८ बजेसम्म घर आउने भनेर गएकी इनिशा ९ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै ‘तपाईँकी छोरी शहीद पार्कको जङ्गलमा बेहोस अवस्थामा छिन्’ भन्दै जानकारी दिएको इनिशाकी आमाले जानकारी दिइन् ।
घटनास्थल इनिशाको रक्ताम्मे शरिर, कपाल लुछिएको, घाँस मडारिएको र एकातिर जुत्ता तथा अर्कोतिर मोजा परेको अवस्थामा भेटिएको देखेपछि आफुपनि बेहोस् भएको इनिशाकी आमाले बताइन् । इनिशाको सामुहिक बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका आफनतले गरेका छन् । उनका आफन्तले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी मोहनजंग बुढथापाका अनुसार प्रारम्भिक अनुसन्धानबाट इनिशामाथि बलात्कारपछि मृत्यु भएको देखिएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै १८ वर्षमुनिका नाबालक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । इनिशाको हत्या भएको भन्दै आफन्तले दोषिलाई कारबाही नभएसम्म सब नबुझने अडान लिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal