आज :

समाजमा महिला र पुरुषबीचको खाडल पुर्न जरुरी छ : न्यायाधीश मल्ल

  • अनलाइन डबली

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले महिलाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता आजको आवश्यकता रहेको बताएकी छिन् ।

मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अझैपनि आर्थिक, सामाजिक, राजनीतिक र कानुनी क्षेत्रमा महिला र पुरुषबीचको खाडल रहेको बताउँदै त्यो खाडललाई पुर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्,‘नारी दिवस मनाउनुपर्ने एउटा बाध्यता के छ भने आर्थिक क्षेत्रमा खाडल छ । सामाजिक र राजनीतिमा खाडल छ र कानुनी क्षेत्रमा पनि खाडल छ । त्यो खाडललाई पुर्नुपर्ने आवश्यकता छ । अर्थपूर्ण सहभागिताको सुनिश्चितताको पनि आवश्यक छ ।’

त्यस्तै उनले महिला न्यायाधीश भएकै कारणले अझैपनि अन्याय र अर्थपूर्ण सहभागिताको अभाव र फरक चुनौती भोग्नुपर्ने अवस्था रहेको धारणा राखिन् ।

‘महिला न्यायाधीश भएकै कारणले अझैपनि अन्याय र अर्थपूर्ण सहभागिताको अभाव महिला न्यायाधीश भएकै कारणले फरक चुनौती भोगेको कारण संयुक्त राष्ट्र संघले नै महिला न्यायाधीश दिवस मनाउने अभ्यास सुरु गर्यो । अन्याय र फरक आवश्यकताको प्रणाली स्थापनाको लागि पनि यो दिवस मनाउनुपर्छ’,उनले भनिन् ।

आउने भावी रणनीतिहरु लैङ्गीकमैत्री स्थल कसरी बनाउने भन्ने विषय जोड दिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal