आज :

भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन

  • अनलाइन डबली

——-

काठमाडौँ । भाषा आयोगका सदस्य सुरेश मानन्धरको हृदयाघातका कारण  निधन भएको छ ।सोमबार एक कार्यक्रममा सहभागी हुने क्रममा अचानक हृदयाघात भएपछि मानन्धलाई तत्काल शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टर लगिएको थियो । जहाँ चिकित्सकले उहाँलाई मृत घोषणा गरे।

नेपाल भाषाको साप्ताहिक पत्रिका इनापबाट पत्रकारिता सुरु गर्नुभएका मानन्धर विश्वभूमि दैनिकको प्रकाशन गर्नुभयो ।

यसैगरी, अप्सरा फिल्म म्यागजिन, कोशल्वहं चिनाखँ स्वलापौ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकासशत हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा रहेर योगदान दिनुभयो । २०२३ साल कात्तिकमा जन्मिनुभएका मानन्धरका श्रीमती र दुई सन्तान छन् ।

५९ वर्षीय मानन्धर नेपालभाषा टाइम्सका पूर्व सम्पादक, साहित्यकार एवम् लामो समयदेखि पत्रकारितामा हुनुहुन्थ्यो ।

मानन्धरको पार्थिव शरीर बुधबार बिहान ९  बजेबाट बिजेश्वरी स्थित नेपाल भाषा  मंका: खल: भबन परिसरमा श्रदान्जलीका लागि राखिने उहा नजिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal