आज :

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

  • अनलाइन डबली

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका जनता र सरकारलाई सफल तथा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा खुसी लागेको उल्लेख गरेका छन् ।
मोदीले उक्त निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धि र गर्वको क्षण भएको बताएका छन् ।
साथै उनले छिमेकी तथा नजिकको मित्र राष्ट्रका रूपमा भारत नेपालका जनता र नयाँ सरकारसँग मिलेर शान्ति, प्रगति र समृद्धिका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal